१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा गरिने


0
Shares

काठमाडौं, भदौ ८ । शिखर इन्सुरेन्स र फोटो पत्रकार क्लबले फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा गर्न सम्झौता गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्सुरेन्सका कार्यकारी निर्देशक दीपकुमार पाण्डे र फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

इन्सुरेन्सले फोटो पत्रकारहरुको क्यामेरामा ३ लाखसम्म, स्वास्थ्यमा १ लाख र दुर्घटनामा ५ लाखसम्मको बिमा गर्ने सम्झौता गरेको हो ।