
कन्चनपुर, भदौ ९ । कन्चनपुरमा हत्या, हिंसाका घटना बढ्दै गएपछि गड्डाचौकीस्थित दशगजा क्षेत्रमा रहेका मदिरा पसल बन्द गर्ने निर्णय गरिएको छ ।
मदिराका कारण जिल्लाको शान्ति–सुरक्षामा खलल् पुगेको भन्दै नेपाली र भारतीय अधिकारीहरुबीचको बैठकले सीमा क्षेत्रका मदिरा पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
अटेर गरी मदिरा पसल सन्चालन गर्ने व्यापारीलाई कानुनबमोजिम कारबाही गरिने आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका कर अधिकृत शिवादेवी दाहालले जानकारी दिए ।
मदिरा व्यवसाय सन्चालन गरिरहेकाहरुलाई १५ दिनभित्र मदिरा पसल बन्द गर्न ‘अल्टिमेटम’समेत दिएको छ ।
गड्डाचौकीस्थित दशगजा क्षेत्रमा साना–ठूला गरी झन्डै एक दर्जन पसलहरु सन्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्