२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सुनको भाउ ४ सयले सस्तियो


0
Shares

काठमाडौं, भदौ ९ । विहीबार स्थानीय बजारमा सुनको भाउमा कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले कमी आयो ।

यसदिन सुन तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ८ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४२ डलर हाराहारीमा कारोबार भएको थियो ।