
वासिंटन, भदौ १० । फारसको खाडीमा अमेरिका र ईरानी युद्धपोतबीच विवाद बढेको छ ।
अमेरिकी युद्धपोतले ईरानी युद्धपोतमाथि गोली प्रहारसमेत गरेको बताइएको छ ।
ईरानी युद्धपोत आफ्नोतर्फ अगाडी बढेपछि चेतावनीस्वरुप गोली प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले जनाएको छ ।
यस हप्तामा यस्तो घटना पहिले पनि भइसकेको पेन्टागनले जनाएको छ । यसरी अर्काको युद्धपोत भएकोतर्फ अगाडी बढ्नु असुरक्षित हुने पनि पेन्टागनको भनाइ छ ।
ईरानले भने आफ्नो जल सीमामा आएका युद्धपोतविरुद्ध गस्ती मार्फत् चुनौति दिइने जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्