
उदयपुर, भदौ १० । उदयपुरको पूर्व–पश्चिम भूभाग जोड्ने आन्तरिक सडक मर्मत नगरिँदा जीर्ण बनेको छ ।
पूर्वी सीमा मैनामैनीदेखि पश्चिमी सीमा कटारी जोड्ने १०४ मध्ये ८७ किलोमिटर सडक जिल्ला विकास समिति र सडक विभागको उदासिनताका कारण जीर्ण बनेको हो ।
२०६० सालदेखि जिल्लाका पूर्व–पश्चिमका महत्वपूर्ण व्यापारिक केन्द्र रामपुर, बेल्टार, गाईघाट, मुर्कुची, नेपालटार र कटारी जोड्ने सडक निर्माणका लागि जिल्ला विकास समितिको ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजनाअन्तर्गत ५ मिटर चौडा सडकको ८७ किलोमिटर ओटासिल गर्ने कार्य सम्पन्न भएको थियो ।
सम्बन्धित पक्षले सडक मर्मत सम्भारमा ध्यान नदिंदा पहिरो जाने, नाली पुरिने र सडक क्षमताभन्दा बढी भारका मालबाहक ढुवानी साधनमा प्रतिबन्ध नलगाउँदा एकै वर्षमा सडक जीर्ण बनेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्