२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विद्यालय व्यवस्थापन समिति गठनबारे छिट्टै निर्णय : शिक्षामन्त्री


0
Shares

पोखरा, भदौ १४ । शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय व्यवस्थापन समिति गठनबारे छिट्टै निर्णय हुने बताएका छन् ।

पश्चिमाञ्च क्षेत्रीय शिक्षा निर्देशनालयको आयोजनमा मंगलबार पोखरामा भएको गोष्ठीमा उनले समितिको गठनसम्बन्धि नीति र प्रक्रिया छिट्टै आउने बताए ।

गोष्ठीमा पश्चिमाञ्चलका १६ जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले विद्यालय व्यवस्थापन समिति गठन गर्दा धेरै राजनीति भएकाले पुरानो व्यवस्था खारेज गरेको तर्क गरे ।