
काठमाडौं, भदौ १६ । विहीबार पनि सुनको मूल्य ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले ओरालो लागेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ अघिल्लो दिन पनि तोलामा ३ सय रुपैयाँले नै झरेर ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहीबार चाँदीको भाउ पनि ५ रुपैयाँले सस्तिएर ८ सय ५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय ९ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्