२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाली भूमिमा भारतले बस्ती बसाल्यो, सरकार मौन


0
Shares

सुनसरी, भदौ १८ । सुनसरीको दक्षिणी क्षेत्र साहेबगञ्ज गाविसको नेपाली भूमि अतिक्रमण गरी भारतीयले घरटहरा निर्माण गरी बस्ती बसाल्न थालेपछि स्थानीय आक्रोशित भएका छन् ।

उक्त बस्ती तत्काल हटाउन सरकारसँग आग्रह गरेपनि सरकारले चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले सरकारको चर्को आलोचना गरेका छन् ।

साहेबगञ्ज गाविसको नेपाली भूमिसहित दश गजा क्षेत्रमा भारतीयहरुले ३० भन्दा बढी घर बनाएर बस्ती बसाएका हुन् ।

भारतीयले बस्ती बसाएपछि साहेवगञ्ज, कप्तानगन्जलगायतका सीमावर्ती गाविसमा भारतीय डाँकाको आतंकसमेत बढेको छ ।

सुनसरीको श्रीपुर, हरिपुर, नरसिंह, लौकही, घुस्किी, बसन्तपुर, देवानगन्ज, अमडुवा, राजगन्ज सिनुवारी गाविसको सयौं विघा जमिन अतिक्रमण गरी भारतीय पक्षबाट पाँच सयभन्दा बढी घर बनाएर बस्ती बसाएका हुन् ।

ती स्थानबाट उनीहरुलाई हटाउनेबारे छलफल भइरहेको नापी विभागका प्रमुख सुशील डंगोलले बताएका छन् ।