Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘होल्ड’ गर्न इन्धन नहुँदा निगमको एयरबसलाई ‘प्रायोरिटी ल्यान्डिङ’


0
Shares

काठमाडौं, चैत २९ । हङकङबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० (नेपाली नाम सगरमाथा) विमानलाई होल्डमा फन्को लगाउँदा चाहिने पर्याप्त इन्धन अभाव देखिएपछि एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले प्रायोरिटी ल्यान्डिङ (प्राथमिकतामा राखेर अवतरण) गराएका छन् ।

निगम स्रोतका अनुसार बिहीबार बेलुकी उडान नम्बर ‘आरए ४१०’ विमानमा १५० यात्रु सवार थिए । उक्त विमानका चालक दलले नेपालभित्र पसिसकेपछि काठमाडौं विमानस्थलको टावरमा रहेका एटीसीलाई १० मिनेटभन्दा बढी आफूहरु होल्डमा रहेर फन्को लगाउन नसक्ने बताएका थिए ।

धावनमार्ग मर्मतका लागि विमानस्थल हरेक रात १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरिने भएकाले चैत १८ यता अधिकांश विमान होल्डमा पर्ने गरेका छन् ।

उक्त उडानमा रहेका चालकले एटीसीलाई धेरै होल्डमा बस्नुपरे वैकल्पिक विमानस्थलमा जानुपर्ने जनाएका थिए । संयोगबश बिहीबार विमानहरु होल्डमा नपरेकाले निगमको विमान सहजै अवतरण भयो । –कान्तिपुर दैनिकबाट