
काठमाडौं, भदौ १९ । सङ्घीय गठबन्धनले संविधान संशोधन मस्यौदा समिति गठन गरेको छ । आइतबार बसेको गठबन्धनको बैठकले लक्ष्मणलाल कर्णको संयोजकत्मा ११ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।
सांसदहरु लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित, कुमार लिङ्देन मिराक, प्रेमबहादुर खाती, शिल्पीको तर्फबाट एकजना, प्रादेशिक मोर्चाको तर्फबाट एकजना र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट एक जना गरी ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरिएको हो ।
गठबन्धनका संयोजक उपेन्द्र यादवका अनुसार बैठकले आगामी असोज ३ गते गाविस, नगरपालिका र सदरमुकाममा विरोध प्रदर्शन गरी कोणसभालगायतका कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।
संविधान संशोधनका लागि प्रमुख राजनीतिक दलहरु इमानदार हुन नसकेको भन्दै बैठकले संविधान संशोधनका लागि दबाब दिन विभिन्न कार्यक्रम गर्ने निधो गरेको हो ।
प्रतिक्रिया दिनुहोस्