Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


अमेरिकी सहयोगप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त


0
Shares

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुनर्निर्माण तथा निर्वाचनसहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति अमेरिकाले सकारात्मक सहयोग र सदभाव राखेकोमा आभार प्रकट गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी सहायक विदेशमन्त्री निशा देसाई विश्वालसँगको भेटमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया, संविधानसभा चुनाव, नयाँ संविधान निर्माण, भूकम्प पीडितलाई राहत एवम् विकास निर्माणमा अमेरिकी सहयोगप्रति आभार प्रकट गरेका हुन् ।

उनले आगामी दिनमा पनि शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, स्थानीय, प्रदेश र केन्दीय निकायको निर्वाचन एवम् पुनर्निर्माणसहित विकास निर्माणका एजेण्डाहरुमा अमेरिकाको सहयोग र सदभाव रहने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले अघि सारेका राष्ट्रिय एजेण्डाप्रति समर्थन जनाउँदै सहायक विदेशमन्त्री विश्वालले नेपालको प्रगति र सम्वृद्धिप्रति अमेरिकाले नजिकबाट सहयोग गर्ने बताइन् ।