३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


संविधान कार्यान्वयन नै सरकारको प्रमुख चुनौति: नेता सिहं


0
Shares

काठमाडौं, भदौ २० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन नै अहिलेको सरकारको प्रमुख चुनौति भएको बताएका छन् ।

नेपाल तरुण दल काठमाडौ जिल्लाको चौथो अधिवेशनको आज उद्घाटन गर्दै नेता सिंहले संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका हुन् ।

संविधान कार्यान्वयनको लागि सबै दल एक ठाउँमा आउनुपर्ने भन्दै उनले राजनीतिक दलहरुबीचको एकताबाट मात्रै संविधान कार्यान्वयन सम्भव हुने बताए ।

नेता सिंहले नेपाल तरुण दलको केन्द्रीय महाधिवेशन गर्नका लागि विभिन्न षड्यन्त्र हुन लागेको बताए । उनले निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भने नेतृत्वको एकताबाट मात्र नेपाली कांग्रेस बलियो हुने भन्दै पार्टीभित्र एकता कायम गर्न सुझाएका थिए । उनीहरुले विभिन्न बहानामा तरुण दलको महाधिवेशन नसार्न चेतावनी दिएका थिए ।