Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


सरकारले सेनामाथि हस्तक्षेप गर्न थाल्यो : देउवा, ‘करप्रसाद ओली’को संज्ञा


0
Shares

पोखरा, चैत २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले सेनामाथि हस्तक्षेप गर्न थालेको आरोप लगाएका छन् ।

बिहीबार पोखरामा नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रेस र सेनामाथि हस्तक्षेप गरेर सरकार निरंकुशतातर्फ अघि बढेको जिकिर गरे ।

‘सुरक्षा परिषद्बिना सेना परिचालन गर्नु भनेको सरकारले सेनामाथि पूर्णरुपमा हस्तक्षेप थाल्नु हो’–उनले भने–‘यस्तो विधेयक ल्याएमा कांग्रेसले सशक्त प्रतिकार गर्नेछ ।’

‘करप्रसाद ओली’को संज्ञा

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद ओली’को संज्ञासमेत दिए ।

‘सरकारले यति धेरै कर लगायो कि अब प्रधानमन्त्री ओलीको नाम नै ‘करप्रसाद ओली’ राख्नुपर्ने भयो’–उनले भने ।

सभापति देउवाले पार्टीमा घात–अन्तर्घात गर्नेहरुमाथि कडारुपमा प्रस्तुत् हुने चेतावनी दिए ।

उनले आउँदो वैशाखदेखि जागरण अभियानका साथ पार्टी नेता–कार्यकर्ता गाउँ–गाउँ जाने घोषणासमेत गरे ।

प्रतिपक्षलाई पेलेर अगाडि नबढ्न चेतावनी

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षलाई पेलेर अगाडि नबढ्न सरकारलाई चेतावनी दिए ।

महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एक भएर अघि बढाउन आफूले जुनसुकै कुरा त्याग गर्न तयार रहेको बताए ।

उनले यस्ता सम्मेलनले पार्टीलाई मजबुद् बनाएर लैजान दबाब दिने उल्लेख गरे ।