
काठमाडौं, भदौ २१ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले आफू पदबाट बाहिरिँदा जनताले सम्झिरहने खालका सकारात्मक काम गर्ने दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आधिकारिक ट्रेड युनियनले गरेको कार्यक्रममा उनले अधिकारको कुरा गर्दा जनताप्रति उत्तरदायी भएर काम गर्न निजामती कर्मचारीलाई आग्रह गरे ।
ट्रेड युनियनको नाममा हुने राजनीतिले सेवा प्रवाहमा समस्या आउनसक्ने भन्दै मन्त्री बुढाथोकीले कर्मचारीहरुलाई जनताको कामलाई केन्द्रबिन्दूमा राखेर काम गर्न निर्देशन दिए ।
कार्यक्रमा बोल्ने निजामती कर्मचारीहरुले राज्य ट्रेड युनियनमैत्री हुन नसकेको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्