२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यी हुन् यादवका ‘हत्यारा’, छुरा, पेस्तोल बरामद


0
Shares

ध्रुव भट्टराई (इमेज)
विराटनगर, भदौ २२ । सुनसरी औरावनीका विनोद यादवको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सिराहका २२ वर्षीय राकेशकुमार यादव, सिराहाकै १७ वर्षीय कृष्णकुमार यादव र सप्तरी महुवाका १७ वर्षीय जितेन्द्रकुमार साहलाई सार्वजनिक गरेको हो ।

विराटनगर–१३ स्थित तीनटोलियाका ओके श्रेष्ठको घरमा मंगलबार विनोद यादवको शव भेटिएको थियो ।

प्रहरीले उनीहरुको साथवाट यादवको हत्या गर्न प्रयोग गरिएको एकथान छुरा, कटुवा पेस्तोल र विभिन्न ब्रान्डका मोबाइल सेट बरामद गरेको छ ।

प्रहरीले उनीहरुलाई विराटनगर उपमहानगरपालिका–२० स्थित नेपाल–भारतको सिमानाबाट मंगलबार राति नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए ।