३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


बीपी बहुआयामिक : देउवा


0
Shares

काठमाडौं, भदौ २२ । यस वर्षको बीपी कोइराला साहित्य सम्मानबाट साहित्यकार भुवन ढुंगाना र प्रजातन्त्र सेनानी सम्मानबाट श्यामलाल श्रेष्ठ सम्मानित भएका छन् ।

१०२औं बीपी जयन्तीको अवसरमा बुधबार काठमाडौमा आयोजित कार्यक्रममा ढुंगाना र श्रेष्ठलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रान्ति र मेलमिलाप दुबै राजनीतिमा जनतालाई डोर्‍याउनसक्ने व्यक्तित्व बीपी बहुआयामिक भएको बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले विचार, व्यवहार र दर्शनका हिसाबले बीपी त्यो युगको उत्कृष्ट व्यक्तित्व भएको चर्चा गर्दै अहिले देशमा नेतृत्वको खडेरी परेको बताए ।