
नेपालगन्ज, भदौ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले मधेसलाई अग्लगै राखेर संविधान कार्यान्वयन हुनै नसक्ने बताएका छन् ।
राप्रपा बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले आफ्नो पार्टी संविधान कार्यान्वयनका लागि सरकारमा गएको भन्दै त्यसका लागि मधेसका मागलाई पनि सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
उनले देशको एक तिहाई जनसंख्या रहेको मधेसका मागलाई पाखा लगाएर संविधान कार्यान्वयन हुन नसकिने जिकीर गरे । मधेसमा २ प्रदेश हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाइ थियो ।
अर्को एक प्रसंगमा अध्यक्ष राणाले राप्रपा नेपालसँग हुने भनिएको पार्टी एकताको ढोका आफ्नो पार्टीका तर्फबाट सधैं खुल्ला रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्