
काठमाडौं, भदौ २४ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले मनमोहन मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा नेपाली कांग्रेसले राजनीति गरेको आरोप लगाएका छन् ।
मनमोहन मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले मनमोहनको नाममा खोलिएको प्रतिष्ठानमा विरोध नगर्न कांग्रेसलाई चेतावनी दिए ।
शिक्षा, स्वास्थ्यलाई सर्वसुलभ बनाउन आवश्यक रहेको भन्दै उनले चिकित्सा नीति ल्याउन सरकारलाई सुझाव दिए ।
स्वास्थ्य क्षेत्र सेवामूलक हुनुपर्ने भन्दै उनले स्वास्थ्यलाई नाफामूलक व्यवसायका रुपमा नलिन पनि आग्रह गरे ।
कार्यक्रममा अन्य वक्ताहरुले भने शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने बताएका थिए ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा चिकित्सकको अभाव रहेको भन्दै उनीहरुले स्वास्थ्यलाई ग्रामीण केन्द्रीत बनाउन सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्