
फाइल फोटो
काठमाडौं, भदौ २४ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठक अन्तिम समयमा आएर गणपूरक संख्या नपुगेपछि स्थगन भएको छ ।
बैठकमा गणपूरक संख्याकाबारेमा सांसद डिल्लीराज काफ्लेले प्रश्न उठाएका थिए । त्यसलगत्तै सभामुख ओनसरी घर्तीले संसद सचिवालयका कर्मचारीलाई सदस्यको संख्या गणना गर्न निर्देशन दिइन् ।
संख्या गणना गर्नका लागि तीन मिनेटको घन्टी बजाएर समय प्रदान गरिएको थियो । सो समयमा पनि बैठकमा १२६ जनामात्र सदस्य रहेको तथ्यांक सचिवालयले संकलन गरेको थियो ।
संसदको बैठकमा कुनैपनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कम्तीमा १४९ संख्या आवश्यक पर्नेमा उक्त संख्या अपुग भएको जनाउँदै आजको कार्यसूचीमा बाँकी रहेको न्याय परिषद विधेयक, न्याय प्रशासन विधेयक र न्याय सेवा आयोगसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइएको सभामुख घर्तीले जनकारी दिइन् ।
संसदको अर्काे बैठक यही भदौ २६ गते आइतबार ११ बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्