
पोखरा, भदौ २४ । स्वास्थ्यमन्त्री गगन थापाले चैत महिनामा स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् ।
बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
चुनाव हुन्छ की हुँदैन भने अलमलमा नर्पन पनि आग्रह गर्दै उनले निर्वाचनका लागि सरकारले विधेयकहरु बनाएर संसदमा पेश गरिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्