
काठमाडौं, भदौ २४ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्काको एजेन्डा बोकेर हिँड्न थालेको आरोप लगाएका छन् ।
शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा उनले ‘नाम्लो नै चुडिँने गरी अहिलेको सरकारले अर्काको भारी बोकेको’ टिप्पणी गरे ।
आधार र औचित्यबिना संविधान संशोधनका लागि एमाले तयार हुन नसक्ने पनि उनले स्पस्ट पारे ।
ओलीले सरकारबाट हटाएपनि आफूले उठाएका एजेन्डा नेपाल र नेपालीको हितमा जीवन्त हुने दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकाी नेत्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित हुनु सरकारको कमजोरी भएको बताइन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको विषयमा सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
छोटो भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्