
काठमाडौं, भदौ २५ । विगतका बर्षमा जस्तै यस बर्ष पनि जुम्लाको अर्गानिक स्याउ काठमाडौंमा विक्री सुरु गरिएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी काठमाडौ उपत्यकाका मूख्य स्थानमा स्याउ बिक्री सुरु भएको जानकारी गराइएको हो ।
यस वर्ष करिब १७ टन जुम्लाको स्याउ काठमाडौं भित्र्याएको विक्रेता एस डिकेले जनाएको छ ।
काठमाडौं बजारमा यो स्याउ प्रतिकिलो १ सय ४० देखि १ सय ६० रुपैयाँमा सम्म पर्ने जनाइएको छ ।
जुम्लाबाट प्रति किलो ७० देखि ७५ रुपैयाँमा खरिद गरी ल्याएको दाबी वितरकको छ । नेपालको सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाको स्याउको स्वाद पनि उत्कृष्ट मानिन्छ ।
बजार अभाव, सडक, भण्डारण समस्या एवं व्यावसायिक उत्पादन प्रविधिको अभावले जुम्लाको स्याउ ओझेलमा पर्दै आएको गुनासो कृषकले गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्