Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


पाकिस्तानी प्रधानमन्त्री भन्छन्– मोदीले फेरि जिते शान्ति वार्ता हुन सक्छ


0
Shares

इस्लामावाद, चैत २७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा हुन गइरहेको निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएर नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्न सफल भएमा भारत र पाकिस्तानबीच शान्ति वार्ता हुन सक्ने बताएका छन् ।

उनले कश्मीरका विषयमा दुई देशबीच शान्ति वार्तामार्फत नै समाधानमा पुग्न सकिने विश्वास व्यक्त गर्दै मोदी दोस्रो पटक पनि प्रधानमन्त्री भएमा यस दिशामा प्रगति हुनसक्ने विश्वास व्यक्त गरेका हुन् । कांग्रेस आइले जितेमा भने शान्ति वार्ताको सम्भावना आफूले नदेखेको उनको भनाइ थियो ।

विदेशी संचारकर्मीसँग कुरा गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले भने, ‘भारतीय जनता पार्टीले जितेमा कश्मीर मुद्दामा कुनै प्रकारको समाधानमा पुग्न सकिन्छ ।’ कांग्रेस आइको नेतृत्वमा सरकार बनेमा भने नयाँ सरकार विभिन्न मुद्दामा वार्ता गर्न नै डराउने उनको भनाइ थियो । (एजेन्सी)