
काठमाडौं, भदौ २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा लगानी बढाउँदै विद्यार्थीहरुलाई गणुस्तरीय शिक्षा प्रदान गर्नु राज्यको दायित्व भएको बताएकी छन् ।
विगतमा भूकम्प तथा अन्य विभिन्न प्रकृतिक कारणले नेपालको शिक्षा क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले आगामी दिनमा विद्यालय र क्याम्पसले त्यस्तो क्षति ब्यहोर्नु नपर्ने अवस्था बनाउनु पर्नेमा जोड दिइन् ।
आइतबार राजधानीमा बानेश्वर क्याम्पसको रजत जयन्ती समारोह उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्बृद्ध राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भन्दै गुणस्तरीय शिक्षाबाट मात्रै यो सम्भव हुने बताइन् ।
कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारले काम गरिहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्