Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


५० लाख माग्दै सांसदलाई मार्ने धम्की


0
Shares

काठमाडौं, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले सोमबार ट्वीटमार्फत चार प्रश्न गरे ।

उनले लेखेका थिए– के कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ? के मलाई गोली हान्न ५० लाख खर्च गर्ने कोही होलान् त ? के कसैले गोली ठोक्ला कि भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ? के निर्धारित मितिभन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसँग होला ?

झापा–३ बाट निर्वाचित सांसद लिङदेनको यस्तो ट्वीट त्यतिबेला आएको थियो, जतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले झापाका तिलकदास पराजुलीलाई पक्राउ गरेको थियो ।

एनसेल र नेपाल टेलिकमका दुई फरक नम्बरबाट ५० लाख नदिए ज्यान लिने धम्की सांसद लिङदेनलाई आएको थियो । लिङदेनकै सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भएका तिलकदास र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेको हो । –कान्तिपुर दैनिकबाट