१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मजदुर आन्दोलनमा प्रहरी हस्तक्षेप, सयौं मजदुर घाइते


0
Shares

पेरिस, भदौ ३१ । फ्रान्समा मजदुरहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा सयौं मजदुर घाइते भएका छन् ।

मजदुरको हकहितका लागि फ्रान्स सरकार मौन बसेको भन्दै भएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले लाठी, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि उनीहरु घाइते भएका हुन् ।

प्रदर्शनकारीले ज्वलनशील पदार्थले भरिएको सीसी प्रहार गर्दा केही ठाउँमा आगलागीसमेत भएको छ ।

प्रदर्शनकै कारण देशको जनजीवन अस्तब्यस्त बनेको छ । राजधानी पेरिस र अरु केही शहरमा भेला भएका हजारौं मजदुरले काम अनुसारको तलब भत्ता नपाएको भन्दै सरकारबिरुद्ध नारा लगाएका थिए ।

अप्रिय घटना हुन नदिन सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । (एजेन्सी)