२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘नेपालमा कृषि पर्यटनमार्फत् विदेशीहरुलाई आकर्षित गर्न सकिन्छ’


0
Shares

काठमाडौं, भदौ ३१ । नेपालमा कृषि पर्यटनमार्फत् प्रशस्तै विदेशीहरुलाई आकर्षित गर्न सकिने भन्दै कृषि क्षेत्रसम्बद्ध व्यक्तिहरुले सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार काठमाडौंमा टेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले गरेको कार्यक्रमका सहभागीहरुले प्रकृति र संस्कृतिजस्तै कृषि क्षेत्र पनि पर्यटक आकर्षणको केन्द्र बन्नसक्ने तर्क गरे ।

कार्यक्रममा कृषिमन्त्री गौरीशंकर चौधरीले नेपाल आउने पर्यटकलाई हरेक क्षेत्रमा पुग्दा त्यहाँको स्थानीय स्वाद तथा स्थानीय परिवेशसँग साक्षात्कार गराउनुपर्ने बताए ।

यस्तै, टानका अध्यक्ष चन्द्र रिजालले कृषि पर्यटनलाई प्याकेजकोरुपमा बेच्नसके ग्रामीण जनताको जीवनस्तर माथि उकासिने धारणा राखे ।

कार्यक्रममा जैविक कृषि उत्पादनसम्बन्धी केही स्टलसमेत राखिएको थियो ।