Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


असोज १८ गतेबाट अमेरिकाका लागि डीभी खुल्ला, यस्ता छन् शर्त


0
Shares

काठमाडौं, असोज १३ । अमेरिकाले असोज १८ बाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला हुने जानकारी दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले बुधबार विज्ञप्ति जारी गरी १८ असोजबाट सन् २०१८ को डीभी कार्याक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो ।

‘डीभी कार्यक्रम ४ अक्टोबर, २०१६ (१८ असोज २०७३) मा इस्टर्न स्ट्याण्डर्ड टाइमको मध्यान्ह नेपालमा स्थानीय समयअनुसार ९ः४५ बजेबाट सुरु हुनेगरी खुल्ने ७ नोभेम्बर २०१६ (२२ कार्तिक २०७३) इस्टर्न स्ट्याण्डर्ड टाइमको मध्यान्ह नेपालमा स्थानीय समयअनुसार १०ः४५ बजे बन्द हुनेछ,’ दूतावासले भनेको छ, ‘हामी डीभी आवेदकहरुलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्छौं ।’

आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी पनि विज्ञप्तिमा दिइएको छ ।

यस्तै कुनै कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सुझाव दिएको छ ।

‘फाराम दर्ता गर्दा तपाईले आफ्ना पति÷पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरुलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ,’ दूतावासले भनेको छ, ‘एकजनाका लागि तपाईले एउटामात्र आवेदन बुझाउनुपर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदशकहरु चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।’ –राजधानी दैनिकबाट