वीरगन्ज । हुरीप्रभावित भरबलियास्थित दुरपतिदेवीको घरअघि उभिएर एकजनाले ‘सेल्फी स्टीक’ मा स्मार्ट मोबाइल हालेर त्यहाँको दृश्य हिन्दी भाषामा बयान गर्दैथिए ।
पक्की घर, कच्ची घर, खपटाको घर भत्किएका र टेम्पोसमेत कुल्चिएको बयानसहित तस्विर ति ब्यक्तिले मोबाइलबाट खिचेको देखेर अन्य मानिस त्यहाँ भेला हुन थाले । भीड बढ्दै गयो ।
ती ब्यक्तिले एकछिन विराम लिएको मौका छोपेर एकजनाले सोधे, ‘कुन मिडिया हो ?’ तर जवाफ आएन । फेरि अर्कोले दोहोर्याएर त्यही प्रश्न सोधेपछि जवाफ आयो– मिडिया होइन, फेसबुक लाइभ हो ।’
यस्तो जवाफ सुनेपछि उत्सुक भएर जम्मा भएका अन्य खिन्न भएर आआफ्नो बाटो लागे । उनीहरु पनि बाहिरबाट क्षतिको दृश्य हेर्न आएका थिए ।
हुरीले विनाश गरेको भोलिपल्ट सोमबार विहान आठबजेतिरको दृश्य थियो त्यो । हुरी प्रभावित बस्तीमा मोबाइल भिडियोग्रामी, मोबाइल फोटोग्राफी र सेल्फी लिने रमिता हेर्नेको लस्कर दिनहुँजस्तो देखिन्छ ।
‘यहाँ त गढीमाई मेलाजस्तै भएको छ’, भरबलियाका बिक्की महतोले भने, सीमापारी इन्डियाका मानिस दिनहुँ दर्जनौं ट्याक्टर र जिप चढेर आइरहेका छन । यता पर्सा र उता रौतहटसम्मका मान्छेपनि आएका छन् । -नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्