Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


नागरिकता ऐन संशोधन विधेयक खारेज गरिनुपर्छः अध्यक्ष केसी


0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता ऐन संशोधन विधेयक राष्ट्रहित विपरित रहेको भन्दै उक्त विधेयक खारेज गर्नुपर्ने बताएका छन् । 

काठमाडौंमा आज आयोजित साक्षात्कारमा उनले संशोधन विधेयक पारित भएमा नेपालको संसदमा नेपालीहरु नै अल्पमतमा पर्ने दाबी गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता देव गुरुङले संसदमा विचाराधिन रहेको विषयमा अनावश्यक टिप्पणी गर्नु उपयुक्त नहुने बताए ।