काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेल उपत्यका बाहिरको मतगणना सकिँदासम्म दुई सय २६ मतले अगाडि छन् ।
पोखरेलले १७ सय ८७ मत ल्याउँदा श्रेष्ठको १५ सय ६१ मत रहेको छ । अहिले काठमाडौं उपत्यकाको मतगणना भइरहेको छ ।
यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा दुई सयभन्दा बढी मतले मत अन्तरले अगाडि छन् ।
केन्द्रीय कार्यसमितिका लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो ।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एकरएक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।
निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्