
भियना, कात्तिक २ । अष्ट्रिया सरकारले जर्मनीका तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ ।
जर्मनी र अष्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो । नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो । यद्यपी सन् १९४४ मा नाजी शासनको अन्त्यपछि सो भवन बन्द गरिएको थियो ।
यो भवन नाजीहरुको केन्द्रबिन्दु वा पुजनीय स्थल नबनोस् भन्ने उद्देश्यले अष्ट्रिया सरकारले भत्काउने तयारी गरेको हो ।
घर भत्काउने विषयमा भने विवाद देखिएको छ । घर धनीले भत्काउन नदिने अडान लिएपछि सरकारले संसद्बाट नयाँ कानुन पारित गरेर भए पनि भत्काउने तयारी गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्