२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘सूचना–प्रविधिमा बंगलादेशबाट सिक्नुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक ६ । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बंगलादेश सूचना तथा सन्चार प्रविधि(आइसीटी)मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताएका छन् ।

बंगलादेशमा आयोजित आइसीटी सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै उनले भने–‘हामी आइसीटी र विकासको प्रक्रियालाई छुट्टाछुट्टै ढंगले बुझ्छौं, सम्पूर्ण कुरालाई आइसीटीसँग जोड्ने कुरामा नै हामी कमजोर छौं, यो युवाका लागि चुनौती हो ।’

यही कात्तिक ३ देखि ५ गतेसम्म चलेको सम्मेलनमा माल्दिभ्स, भुटानलगायत एसियाली मुलुक र अरु मुलुकका प्रतिनिधिको सहभागिता थियो । रासस