
धनगढी । विनाशकारी हावाहुरीबाट बारा र पर्सामा घाइते भएकाहरुका लागि धनगढीमा रगत संकलन गरिएको छ ।
रोटरी क्लब अफ धनगढीले रगत संकलन थालेको हो । घाइतेहरुका लागि रगत अभाव हुन सक्ने भन्दै रगत संकलन गरेको क्लबका अध्यक्ष पुष्करराज ओझाले बताए ।
संकलित रगत आजै सम्बन्धित जिल्लामा पठाउने बताइएको छ । घाइतेहरुका लागि धेरै रगत आवश्यक रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्