११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


हावाहुरीको वितण्डाः घाइतेको उपचार अस्पतालको भुइँमै ! (फोटोफिचर)


0
Shares

काठमाडौं । असिनापानीसँगै आएको आँधीले बारा र पर्साका विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याउँदा ठूलो संख्यामा मानवीय हताहती भएको हो ।

आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा ठूलो मानवीय क्षति भएको हो ।

झन्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घरहरु भत्किएका छन् । सयौं कच्ची घरका छानाहरु आँधीले उडाएको छ ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । त्यसैगरी भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा पनि ठूलो जनधनको क्षति पुगेको छ ।