Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


प्रहरीको औंला टोकेर तस्कर फरार


0
Shares

राजविराज, कात्तिक १२ । सशस्त्र प्रहरीले सप्तरीको मानराजाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय राजविराजबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा मानराजा–५ बाट एककिलोका दरले पाँच प्याकेट लागुऔषध चरेस बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताए ।

चेकजाँचका क्रममा सशस्त्र प्रहरी जवान अरुणकुमार यादवको औंला टोकेर तस्कर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

चरेस ओसार–पोसार गर्ने तस्कर भागे पनि उनको पहिचान भइसकेको प्रहरी उपरीक्षक खडकाले बताए ।

फरार तस्करको खोजीकार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । रासस