१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


साउदी अरबका राजकुमारलाई जेलमा कोर्रा


0
Shares

साउदी, कात्तिक १८ । साउदी अरबका एक राजकुमारलाई जेलमा कोर्रा हानिएको छ ।

साउदी नरेशको आदेश अनुसार राजकुमारलाई जेद्दास्थित जेलमा कोर्रा हानिएको संचारमाध्यमहरुले जनाए पनि उनीमाथिको आरोपका बारेमा भने खुलाइएको छैन ।

दुई साताअघिमात्र हत्या अभियोगमा एक अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो ।

साउदी अखबार ‘ओकाज’ का अनुसार सोमबार मेडिकल परीक्षणपछि ती राजकुमारलाई जेलमा कोर्रा हानिएको हो । उनी कोर्रा हान्नका लागि शारीरिक रुपमा योग्य भए–नभएको जाँच गरेपछि उक्त सजाय दिइएको हो ।

सो अखबारले ती राजकुमारको नाम सार्वजनिक गरेको छैन । साउदी न्याय मन्त्रालयले यसबारेमा कुनै टिप्पणी गरेको छैन । (एजेन्सी)