Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


जताततै आत्मघाती हमला गर्न आइएस प्रमुख बग्दादीको उर्दी


0
Shares

मोसुल, कात्तिक १८ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) का प्रमुख अबु बकर अल बगदादीले आफ्ना लडाकुलाई जताततै आत्मघाती हमला गर्न उर्दी गरेका छन् ।

मोसुलमा इराकी सेनाले आइएसविरुद्ध निर्णायक सैन्य कारवाही अघि बढाएसँगै उनले एक अडियो सन्देश जारी गर्दै लडाकुहरुलाई युद्धबाट पछि नहट्न आह्वान गरेका हुन् ।

बगदादी हाल मोसुलमै रहेको अनुमान गरिएको छ । उक्त सहरलाई इराकी सेनाले घेराबन्दी गरेको छ ।

लामो समयपछि लडाकुहरुलाई सम्बोधन गरेका बगदादीले सन्देशमा भनेका छन्, ‘पछाडी नहट, बेइज्जत भएर पछि हट्नुभन्दा आत्मसम्मानका साथ आफ्नो भूमिमा टिकेर बस्नु हजार गुणा राम्रो हो ।’

उनले कथित दुश्मनहरुको बाटो थर्किने गरी आत्मघाती हमला गर्न लडाकुहरुलाई आह्वान गरेका छन् । (एजेन्सी)