Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


युवालाई स्वदेशमै तालिम दिएर आत्मनिर्भर वनाउनु सरकारको दायित्व होः नेता नेपाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानले सुरक्षित गरेका अधिकारहरुलाई व्यवहारमा उतार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरोकार समाज नेपालले आज काठमाडौंमा आयोेजना गरेको युवा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले युवा शक्तिलाई स्वदेशमै तालिम दिएर आत्मनिर्भर वनाउनु सरकारको दायित्व भएको बताए ।

युवा शक्ति विदेश पलायन हुंदा स्वदेशमा श्रमशक्तिको अभाव हुने भएकाले स्वदेशमै रोजगारीको अबसर सिर्जना गर्नु पर्ने नेता नेपालको भनाइ छ ।

नेता नेपालले समृद्ध नेपालको परिकल्पनाको संभावनाहरुको खोजी गर्न अव ढिला भइसकेको टिप्पणी समेत गरे ।