Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेता सिंहको प्रश्नः विकास बजेटसमेत खर्च गर्न नसक्ने सरकारले ठूला कुरा किन गर्नु ?


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेटसमेत खर्च गर्न नसकेको वर्तमान सरकारले लगानी सम्मेलनमा ठूलठूला कुरा गर्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।

विदेशी लगानी नेपालमा भित्र्याउने कुरा सकारात्मक भए पनि त्यसका लागि वातावरण बनाउन सरकारले नसकेको उनको भनाई थियो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘एकातिर विदेशी लगानी ल्याउनुपर्‍यो भन्ने, अर्कोतिर आफूले प्रस्तुत गरेको विकासको बजेट खर्च गर्न नसक्ने क्षमता नभएको सरकारले ठूलठूला कुरा गरेर जनताले पत्याउन सक्छ ।’

लगानी सम्मेलन जारी रहेकै बेला प्रदेश २ मा कमजोर सुरक्षाका कारण प्रश्नपत्र आउट भएर एसईई परीक्षा रद्ध हुनु लज्जाको विषय भएको उनले बताए ।

‘यत्रो लगानी सम्मेलन भइरहेको बेला दुई नम्बर प्रदेशमा एसईई परीक्षा रद्ध भयो । यसले के देखाउँछ भने सुचारु रुपले सक्षमताका साथ नेतृत्व गर्न नसकेको प्रमाणित हुन्छ,’ सिंहले भने ।

सरकारले शान्ति सुरक्षाको र लगानीको वातावरण बनाउन नसकेकाले घाटा खान विदेशी लगानीकर्ता नआउने उनले बताए ।

‘विदेशी लगानी ल्याउने राम्रो कुरा हो तर सरकारले तीनै तहमा जनताले सुशासनको अनुभूति दिलाउन नसकेपछि जतिसुकै ठूला कुरा गरेर के गर्ने ?’, उनले भने, ‘संघबाट बनाउनुपर्ने संघीय कानुन नबनाइदिँदा प्रदेश सरकार सुचारुले रुपले चल्न सकेका छैनन् ।’

सबैले महसुस गर्ने गरी परिवर्तनको काम यो सरकारले  गर्न नसकेको उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले मुलुकका सामु तमाम सुरक्षा चुनौतिहरु रहेकाले सबैलाई बार्ता र छफल मार्फत राजनीतिको मुलप्रवाहमा ल्याउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रम कांग्रेस काठमाडौका पूर्व सभापति भिमसेनदास प्रधान जिल्ला सभापति सबुझ बानियाँलगायतले आफ्नो भनाई राखेका थिए ।