Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै


0
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छान्न आज निर्वाचन हुँदै छ । १० हजार ३ सय १३ मतदाताले बार केन्द्रीय कार्यसमिति छान्न मतदान गर्ने छन् । 

देशभरमा हुने निर्वाचनले २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने छ ।

बार निर्वाचन समितिका अनुसार मतदातामध्ये ६ हजार आठ सय जनाले सर्वोच्च अदालत परिसरमा तोकिएको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

बाँकी तीन हजार दुई सय ६३ मतदाताले विभिन्न जिल्लामा तोकिएका ३४ वटा मतदानकेन्द्रबाट मताधिकार प्रयोग गर्नेछन् ।

सत्तारुढ नेकपा निकट प्रगतिशिल, पेसागत तथा समावेशी कानुन व्यवसायी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रस निकट बृहत लोकतान्त्रिक समूहका प्यानलसहित निर्वाचनमा होमिएका छन् ।

प्रगतिशील प्यानलमा जनजाती तथा मधेसी फोरम निकट समूहसमेत छन् ।

अध्यक्षका लागि प्रगतिशीलले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई अघि सारेको छ भने लोकतान्त्रिकले अधिवक्ता सुनिलकुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै महासचिवमा प्रगतिशीलबाट अधिवक्ता सुरेन्द्रबहादुर थापा र लोकतान्त्रिकले अधिवक्ता लिलामणि पौडेललाई उम्मेरका रुपमा प्रस्तुत गरेको छ ।

निर्वाचन समितिका संयोजक दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन वर्षे कार्यकालका लागि अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन–तीन जना उम्मेदवार छन् ।

बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।