१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


मोसुल नजिकै टाउको काटिएको अवस्थामा एक सय शव फेला


0
Shares

बग्दाद, कात्तिक २३ । इराकको मोसुल शहरनजिकै एक विद्यालयबाट इराकी सेनाले टाउको काटिएको अवस्थामा एक सयवटा शव बरामद गरेको छ ।

मोसुल शहरनजिकै रहेको हमाम अल अली शहरको कृषि विद्यालयबाट सेनाले ती शव बरामद गरेको हो । बरामद गरिएका शव सर्वसाधारणको भएको सेनाले जनाएको छ ।

इराकी र अमेरिकी गठबन्धन सेनाले मोसुल कब्जा गरी बसेका इस्लामिक अतिवादी संगठन ‘आइएस’का कार्यकर्तालाई धपाउने अभियान सञ्चालन गरेपछि आइएसका कार्यकर्ताले सर्वसाधारणको शीर छेदन गरी हत्या गरेको हुनसक्ने बताइएको छ ।

यसैबीच मोसुलबाट ३० किलोमिटर दक्षिणस्थित हमाम अल अली शहरमा गठबन्धन सेना र आइएसका लडाकूबीच भिडन्त भएको छ । त्यस क्रममा दुवैतर्फबाट केही घाइते भएका छन् । (एजेन्सी)