
काठमाडौं, कात्तिक २३ । दक्षिण कोरियामा सामसुङको कार्यालयमा छापा मारिएको छ ।
दक्षिण कोरियाली अधिकारीले सामसुङ इलेक्ट्रोनिक्सको कार्यालयमा छापा मारेका छन् ।
राष्ट्रपति पार्क ग्युन हायका साथीकी छोरी चोइ सुन सिललाई पैसा दिएको आरोपमा सामसुङमाथि छानबिन गरिरहेको छ ।
चोइले राष्ट्रपतिसँगको मित्रतालाई राजनीतिक तथा व्यावसायिक स्वार्थका लागि प्रयोग गरेको आरोप लागेको छ । राष्ट्रपति हायले चोइसँगको सहकार्यका लागि माफी गरेकी छन् ।
यद्यपि, उनले राजीनामा दिनुपर्ने माग हुँदै आएको छ ।
सामासुङले आफ्नो कार्यालयमा छापा मारिएको पुष्टि गरेपनि थप जानकारी भने दिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्