
काठमाडौं, कात्तिक २४ । विश्व शक्ति राष्ट्र अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणाममा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।
२८ राज्यको मतपरिणाम अनुसार ट्रम्पले १ सय ५० सिट जित्ने देखिएको छ । डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले १ सय ९ सिट प्राप्त गर्ने देखिएको छ ।
कुल ५ सय ३८ ईलेक्टोरल कलेज सिटमध्ये राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० सिट आवश्यक पर्छ ।
अमेरिकामा ४५औं राष्ट्रपति चयनका लागि बुधबार बिहान मतदान सम्पन्न भएको हो ।
राष्ट्रपति पदको यो महासंग्राममा चार जना उम्मेदवार मैदानमा भए पनि मूख्यतः रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच नै प्रतिस्पर्धा छ ।
यो निर्वाचनमा ५० वटा राज्य र वासिङटन डीसीका गरी कुल २१ करोड अमेरिकी मतदाता मत खसाल्न योग्य थिए । बुधबार बिहान ११ बजेसम्ममा मत परिणाम आउने बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्