१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सामसुङको दक्षिण कोरियास्थित कार्यालयमा छापा


0
Shares

सोल, कात्तिक २४ । विश्व प्रख्यात इलेक्ट्रोनिक कम्पनी सामसुङको दक्षिण कोरियास्थित कार्यालयमा छापा मारिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति पार्क गुइन हेइसँग सम्बन्धित एक राजनीतिक स्क्याण्डलका बीच सामसुङको कार्यालयमा छापा मारिएको हो । सामसुङले राष्ट्रपति हेइको निकट मित्र तथा सहायक चोइ सुन सिलकी छोरीलाई नाजायज तरिकाले वित्तीय सहयोग गरेको विषयमा छानविन भइरहँदा सामसुङ कार्यालयमा छापा मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

चोइले राजनीतिमा प्रभाव बढाउन र व्यावसायिक लाभ लिनका लागि राष्ट्रपतिसँगको आफ्नो मित्रतालाई प्रयोग गरेको आरोप लगाइएको छ । उनी हाल प्रहरी हिरासतमा छन् ।

यो प्रकरणमा राष्ट्रपति हेइ पनि विवादमा तानिएकी छन् । उनीमाथि राजीनामाका लागि दबाब बढिरहेको छ । (एजेन्सी)