
न्यूयोर्क, कात्तिक २४ । अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति बनेका छन् ।
उनका निकटम् प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहेकी थिइन् ।
यसैबीच, नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकको विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् ।
हिलारीले देशको लागि गरेको कडा परिश्रम र सेवाप्रति आफू आभारी भएकोसमेत ट्रम्पले बताएका छन् ।
यसैगरी, हिलारीले टेलिफोनमार्फत् आफूलाई बधाइ दिएको ट्रम्पले बताएका छन् । साथै, हिलारीले आफ्नो पराजय स्वीकार गरेकी छन् ।
यहाँसम्म दुबै उम्मेदवारले हासिल गरेको राष्ट्रपति पद चयनार्थ प्रदान हुने ‘विशेष मत’ (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्पले २८८ र हिलारीले २१५ मत प्राप्त गरेकी छन् ।
राष्ट्रपति पदमा विजयी हुन् २७० इलेक्टोरल कलेज भोटको प्रस्ट बहुमत आवश्यक पर्दछ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्