१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


नयाँदिल्लीमा मास्कको अभाव


0
Shares

काठमाडौं, कात्तिक २५ । भारतको राजधानी नयाँदिल्लीलगायतका सहरहरुमा मास्कको अभाव हुन थालेको छ ।

नयाँदिल्लीको प्रदुषण एक दशकयताकै खराब अवस्थामा पुगेपछि सर्वसाधरणलाई मास्क लगाउन सल्लाह दिइएको छ ।

तर, दिल्लीका अधिकांश पसलहरुमा मास्कको अभाव भएको छ । मास्क किन्न सर्वसाधारणहरु घन्टौं लाइनमा बस्न बाध्य छन् ।

बाक्लो तुवाँलो, हुस्सु र दीपावलीमा अत्यधिक मात्रामा पड्काइएको पटाकाका कारण दिल्लीको प्रदुषण थप खराब बनेको बताइएको छ ।

प्रदुषणका कारण मानव स्वास्थ्यमै गम्भीर असर गर्नसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । दिल्लीका अस्पतालहरूमा दमका रोगीको संख्या बढ्नेक्रम जारी छ ।

यस्तै, सर्वसाधारणमा सास फेर्न समस्या हुने र आँखा सुक्खा हुनेजस्ता समस्य देखिएका छन् ।

प्रदुषण नियन्त्रणका लागि समयमै गम्भीर कदम नचालिएमा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने चेतावनी दिइएको छ ।

वायु प्रदुषणका कारण दिल्लीमा हरेक वर्ष औसतमा ३० हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । वायु प्रदुषणकै कारण बन्द गरिएका अधिकांश विद्यालयहरु खुल्न सकेका छैनन् ।

दिल्लीमा वायु प्रदुषण बढेको भन्दै यसलाई नियन्त्रण गर्नका लागि तत्काल कदम चाल्न सरकारमाथि दबाब परिरहेको छ ।

प्रदुषण नियन्त्रणका लागि दिल्लीमा बढी सामान लोड गरिएका गाडी, पुराना ट्याक्सी, अटो तथा फोहोर जताततै जलाउने कार्यलाई रोक्न त्यहाँको सरकारले पहल थालेको छ । (एजेन्सी)