Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेसबारे प्रधानमन्त्रीले गरेको टिप्पणीप्रति दया लाग्यो : निधि


0
Shares

चितवन, चैत १५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसका बारेमा प्रधानमन्त्रीले गरेको टिप्पणीप्रति दया लागेको बताएका छन् ।

आज नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले प्रधानमन्त्री ओलीले कांग्रेसप्रति आत्मरतिपूर्ण टिप्पणी गरेको आरोप लगाए । उनले आत्मरतिपूर्ण टिप्पणी गर्नेहरुप्रति कांग्रेसले कुनै प्रतिक्रिया जनाइरहनु नपर्ने बताए ।

उपसभापति निधिले पार्टीका केही जिम्मेवार नेताहरुले हिन्दु राष्ट्रको पक्षमा बोले पनि त्यो पार्टीको आधिकारिक धारणा नभएको प्रस्ट पारे ।

कांग्रेस महामन्त्री शंशाक कोइरालाले हिन्दु राज्यका पक्षमा जनमत संग्रह गर्नुपर्ने धारणा राख्दै आएका छन् । नेताहरुले सार्वजनिक रुपमा गर्ने त्यस्ता टिप्पणी पार्टीको आधिकारिक धारणा नहुने निधिले बताए ।

अर्को एक प्रसंगमा उपसभापति निधिले सरकारले पर्याप्त गृहकार्य नगरी लगानी सम्मेलन गरेको जिकिर गरे ।