
काठमाडौं, कात्तिक ३० । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् ।
वार्ताको क्रममा दुवै नेताहरुले अमेरिका र रुसबीचको वर्तमान सम्बन्धप्रति असन्तुष्टी जनाउँदै नयाँ ढंगले अघि बढ्न तयार भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।
रुसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिँदै निर्वाचन अघि घोषणा गरेका चुनावी कायक्रम अघि बढाउन सुझाव दिएका छन् ।
साथै निकट भविष्यमै दुई नेताबीच भेटघाटको व्यवस्था मिलाएर संयुक्त रुपले अघि बढ्ने सहमति भएको समेत क्रेमलिनको दाबी छ ।
यसअघि ट्रम्पले सोमबार नै चिनियाँ राष्ट्रपति सि जिनपिङसँग पनि टेलीफोन वार्ता गरेका थिए ।
सो क्रममा चिनियाँ राष्ट्रपति सि ले अमेरिका र चीनबीचको सम्बन्ध सुधार गर्ने एउटा मात्रै विकल्प सहकार्य भएको बताएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्