Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘नेत्रविक्रम समूहसित विभिन्न माध्यमबाट संवाद जारी छ’


0
Shares

ताप्लेजुङ, चैत १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लागेपनि समस्या समाधानका लागि छलफल र संवाद भइरहेको बताएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा भएको सर्वपक्षीय बैठकमा उनले समस्या समाधानका विषयमा विभिन्न सूत्रका माध्यमबाट छलफल र संवाद भइरहेको बताए ।

प्रतिबन्धअघि पनि चन्द समूहसित पटक–पटक वार्ता भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई ध्यान दिँदै उसका गतिविधिमाथि प्रतिबन्ध लगाउनुपरेको उनको भनाइ छ ।